काठमाडाैँ । संविधानअनुसार यही महिनाभित्र बोलाइसक्नुपर्ने सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन (हिँउदे अधिवेशन) माघ २६ गते बोलाउने तयारी भइरहेको छ । प्रदेशसभाका सचिव रामसिंह धामीले प्रदेशसभाको बैठक यही माघ २६ गते बोलाउने अनौपचारिक जानकारी आएको बताउनुभयो । “संविधानअनुसार यही माघभित्र बैठक आह्वान गरिसक्नुपर्ने हुन्छ”, सचिव धामीले भन्नुभयो, “बैठक बोलाउने विषयमा अहिलेसम्म औपचारिक जानकारी भने आएको छैन ।”
प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलले गएको पुस महिनामै अधिवेशन बोलाउन सरकारसँग माग गरेको थियो । प्रदेशसभाको बर्खे अधिवेशन (बजेट अधिवेशन) कोरोना सङ्क्रमणको जोखिमका कारण गएको साउन ३१ गते थोरै दिन सञ्चालन भई अन्त्य भएको थियो ।
एक अधिवेशन अन्त्य भएको छ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । कोरोनाको जोखिम अझै पनि नटरेको तर पछिल्ला दिनमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न बैठक, छलफल गर्ने क्रम बढेको छ । पछिल्ला दिनमा राजनैतिक दल र समूहका धर्ना र प्रदर्शन पनि भइरहेका छन् ।
प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्पूर्ण संस्था पनि हो । प्रदेशसभाको बैठक लामो समयदेखि बस्न नसक्दा जनसरोकारका मुद्दा र समस्याका विषयमा छलफल हुन नपाएको महसुस स्वयम् प्रदेशसभाका सदस्यले गरिरहनुभएको छ ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनलगायत जनताका थुप्रै समस्याका बारेमा छलफल जरुरी रहँदा पनि बैठक बसाउन सरकारले ढिलाइ भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभिजित अवस्थामा पुग्दा अधिवेशन समयमै बोलाउनमा पनि ढिलाइ भएको कतिपय प्रदेशसभा सदस्यको बुझाइ छ ।
प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले भने संविधानअनुसार सरकारले बैठक बोलाउन आफ्नो तयारी गरिरहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशसभाले काम थालेको यही माघ महिनामा तीन वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गरेको छ । हालसम्म प्रदेशसभाले पारित गरेका विभिन्न कानून प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेको छ । बनेका कानूनमध्ये जनतासँग प्रत्यक्ष सरोकार राख्ने कानून भने पर्याप्तरुपमा बन्न अझै बाँकी छन् ।
प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले बनेका कानूनमध्ये २०/२२ वटा कानून स्थानीय तह र प्रदेशसभाको संरचनासँग सम्बन्धित र बाँकी कानून जनताको सेवासँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य, खानेपानी, खाद्य, शान्तिसुरक्षासम्बन्धी कानून तत्काल बनाउन आवश्यक देखिन्छ ।”
प्रदेशसभा सदस्य भरतबहादुर खड्का अहिलेसम्म प्रदेशसभाले बनाएका अधिकांश ऐन कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा अन्योल सिर्जना भइरहेको बताउनुहुन्छ । प्रदेशलाई दिइएको अधिकारलाई सङ्कुचित पारेर प्रदेशलाई सङ्घीय सरकारको इकाइजस्तो बनाएको महसुस भइरहेको छ”, खड्काले भन्नुभयो, “बनेका ऐन विपरीत कार्यविधि बनाएर विधि, पद्धति र प्रणाली मिच्ने काम पनि भइरहेको छ ।” प्रदेशसभामा नेकपाका ३९, नेपाली कांग्रेसका १२ र साबिकको राष्ट्रिय जनता पार्टीका दुईजनासमेत ५३ जना प्रदेशसभा सदस्य रहेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend