सर्लाही । सर्लाहीको बलरा नगरपालिका जब्दी टोलमा अपराधिक समूहले इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक (सई) सहित तीनजनामाथि कुटपिट गरेका छन् ।
रामनगर गाउँपालिका–१ खैर्वाका रोहित कुमार सहनी बलरा बजारस्थित आफ्नो पसल बन्द गरी बुधबार राति करिब ९.१५ बजे घर फर्कंदै गर्दा प्राथमिक विद्यालय अगाडि ५–७ जनाको समूहले उनलाई लुटपाट र कुटपिट गरेका थिए ।
घटनाको जानकारी पाएपछि इप्रका बलराबाट सई गौरीशंकर साहको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । तर घटनास्थलतर्फ जाँदै गर्दा बाटोमै ती समूह फेला परेपछि सोधपुछ गर्ने क्रममा आक्रोशित समूहले सई साहमाथि आक्रमण गरेको थियो ।
प्रहरी स्रोतका अनुसार आक्रमणमा सई साहको बाँया हातमा गम्भीर चोट लागेको छ भने रोहितकुमार सहनीका सहकर्मी ४० बर्षीय नविन चौधरीको टाउकोमा चोट लागेर दुई वटा टाँका लगाइएको छ ।
उक्त समूह स्थानीय जब्दी टोलकै युवाहरु भएको आशंका प्रहरीले गरेको छ । आक्रमणपछि समूह फरार भएको र घटनास्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहले दुई पक्षबीचको झगडाको क्रममा सई साह सामान्य घाइते भएको जानकारी दिए । उनका अनुसार अन्य दुई जना पनि सामान्य घाइते छन् ।
घटनामा प्रयोग गरिएको मोटरसाइकलमा समेत तोडफोड गरिएको छ । लुटपाटको विवरण भने अझै खुलेको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend