Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २०८४ को निर्वाचनमा माओवादीले एकल बहुमत ल्याउँछ: प्रवक्ता सापकोटा


    बुधबार, साउन २१ २०८२
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

    हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ ऊर्जा दिएको पनि उनले बताए । हाल माओवादी पार्टीका जनवर्गिय सङ्गठन, विभिन्न मुक्तिमोचाहरु असाधारण तरिकाले पार्टी निर्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुमत आउने उनको दाबी छ ।

    पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताए । माओवादी पार्टी केही समय रुमल्लिए जस्तो, अलमलिएजस्तो देखिए पनि अब यसले गति लिएको उनको भनाई छ ।

    पार्टीले २०८४ सालमा एकल बहुमत हासिल गर्नको लागी समाजवादी क्रान्तिको रुपरेखा र मागचित्र स्पष्ट पारेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार