Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?


    बुधबार, साउन २१ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज(बुधबार) सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको हो ।

    बुधबार छापवाल सुन प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार ५ सय रुपैयाँमा कायम भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी २ हजार २८० रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार