काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ लिएलगत्तै नवनियुक्त बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ८ जना मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट कृष्णकुमार तामाङले खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय, शिवराज अधिकारीले विनाविभागीय मन्त्री, एमालेबाट मधुसुदन पौडेलले कृषि तथा पशुपंछी विकासमन्त्री, डा. दिनेश चन्द्र देवकोटाले भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापाले श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीले वन तथा वातावरणमन्त्री, किरण थापाले स्वास्थ्यमन्त्री र बिन्दु श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रदेश प्रमुख देवकोटाले सबै नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend