Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • ‘देश र जनताको हितमै कानून बन्छ, आशंका नगर्नू’: गृहमन्त्री लेखक


    मंगलबार, साउन २० २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले कानून बनाउने बताएका छन्।

    बहुविवाहलाई मान्यता दिने चर्चाकाबीच बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे।

    उनले भने, ‘आजको बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानून सम्बन्धी पाँच वटा विधेयकमा संशोधन प्रस्ताव भएको छ।’

    बहुविवाहका लागि आएको संशोधन व्यवस्था, विवाहको उमेर सम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने सजाय कटौती र सफाइसम्बन्धी व्यवस्था लगायतको विषयमा थप छलफल र परिमार्जन गर्नुपर्ने देखिएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार