विराटनगर । पाँचथरमा ५ दिनदेखि हराइरहेका दाजु बहिनी मृत अवस्थामा फेला परेका छन् । पाँचथरको याङवरक गाउँपालिका–१, विरुवाका बिर्खबहादुर राईका छोरा शिशिर राई र छोरी नानुमा राईको शव विरुवा खोला किनारमा फेला परेको हो ।
मृतक शिशिर १० वर्ष र उनकी बहिनी नानुमा ४ वर्षकी थिइन् । उनीहरूको शव शव मङ्गलवार बिहान विरुवा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
हराई रहेका दाजु बहिनी विरुवा खोला किनारमा छुट्टा छुट्टै स्थानमा मृत फेला परेका हुन् । बहिनीको केही तल र दाजुको केही माथि खोला किनारमा शव भेटिएको हो ।
विर्खबहादुर भने गाउँमै खेती किसानी गर्दै आएका थिए । उनी श्रीमती भने वैदेशिक रोजगारीमा रहेकी छन् । मृतक दुवै जना कहिले हजुरबुबा हजुरआमासँग र कहिले बुबासँग बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, साउन १५ गते शुक्रवार विद्यालय जान हिँडेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बेपत्ता भएको दिन हजुरबुबाकोमा खाना खाएर दुवै जना स्कुल गएको बताए ।
उनीहरू स्कुल भने नपुगेको तामाङले बताए । प्रहरी निरीक्षक तामाङले घटनाको अनुसन्धान सुरु गरिएको र थप विवरण आउन बाँकी रहेको बताए । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि पठाउने तयारी गरिरहेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend