काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ८.६२ अङ्क बढेको हो ।
यो सँगै नेप्से २८६७ बिन्दुमा पुगेको छ । गत मङ्गलवार ३००२ अङ्कसम्म पुगेको बजार लगातार तीन कारोबार दिन कुल १४४ अङ्क घट्दै हिजो आइतबार २८५८ मा झरेको थियो ।
तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो ।
आज बैङ्किङ ०.६८ प्रतिशत बढ्यो । जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०।५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैङ्क ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०।५३ तथा फाइनान्स ०.८२ प्रतिशतले घटे ।
नेप्सेको वेबसाइट आज शेयर बजार बन्द भएको केही समयपछि नै डाउन भएको छ । जसका कारण लगानीकर्ता वास्तविक बजार तथ्याङ्क पाउनबाट वञ्चित भएका छन् ।
बजार बन्द भएको करिब २०-२२ मिनेटपछि सामान्यतः नेप्सेले दिनभरको वास्तविक कारोबार विवरण सार्वजनिक गर्ने गर्छ । तर, आज बजार बन्द भएको करिब १ घण्टा बितिसक्दा पनि वेबसाइट खुलेको छैन । यो समाचार तयार पार्दासम्म पनि नेप्सेको वेबसाइट खुल्न सकेको छैन ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend