काठमाडौं । निजामती सेवा विधेयकको ’कुलिङ पिरियड’ मा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिले आज पनि प्रतिनिधिसभामा प्रतिवेदन पेस नगर्ने भएको छ । सभामुख, संसद् सचिवालय र छानबिन समिति सचिवालयले दिएको जानकारी अनुसार, आजको बैठकमा प्रतिवेदन पेस नहुने भएको हो ।
छानबिन गर्न दिइएको समयसीमा आइतबार सकिएकाले समितिले आजै निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधिसभामा बुझाउने तयारी गरेको थियो । त्यसका लागि आइतबार राति अबेरसम्म बसेको बैठकबाट निष्कर्ष नआएपछि आज बिहानै ७ बजेदेखि समितिको बैठक बसको थियो ।
कुलिङ पिरियडको प्रावधान राख्ने गरी भएको सहमति निष्क्रिय हुने भाषासमेत निजामती विधेयकमा परेको विषयमा समिति सदस्यहरू कसलाई जिम्मेवार ठहर्याउने भन्ने छलफलमा छन् । खासगरी कुलिङ पिरियडमा त्रुटी कसरी भयो र त्यसमा कसैको संलग्नता भेटिए कस्तो कारबाही गर्ने भन्ने विषयमा समितिका सदस्यहरु साझा निष्कर्षमा पुग्न सकेका छैनन्।
समितिमा नेपाली कांग्रेसबाट सांसद जीवन परियार, सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती तथा प्रतिपक्षी दल माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।
कुलिङ पिरियडमा कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म नियुक्ति गर्न नमिल्ने व्यवस्था राखिएको थियो । तर, प्रतिनिधिसभाबाट विधेयक पारित हुँदा उक्त विषयमा हेरफेर भएको पाइएको थियो ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend