Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सिंहदरवारमा सभामुख र पाँच दलका प्रमुख सचेतकबीच छलफल जारी


    सोमबार, साउन १९ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफल सुरु भएको छ ।

    सिंहदरवारमा बिहान ११ बजेदेखि बैठक बसिरहेको सभामुखको सचिवालयले जनाएको छ ।

    आजको बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल हुनेछ ।

    उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासमेत बैठकमा उपस्थित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार