Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमबार सुनचाँदीकै भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    सोमबार, साउन १९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।

    आज छापवाल सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९६ हजार ५ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार