Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली यु-२० महिला रग्बी टोली घोषणा, २२ गते भारत जाने


    सोमबार, साउन १९ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरिएको छ ।

    आगमी साउन २४ देखि २७ गतेसम्म भारतमा हुने एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ का लागि नेपाली टोली घोषणा गरिएको हो ।

    नेपाल रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । जसअनुसार टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेकी छन् ।

    सो टोली साउन २२ गते भारत प्रस्थान गर्नेछ । सो प्रतियोगिताका लागि सावित्री पुर्जाको नेतृत्वमा हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण भइरहेको छ । सङ्घका महासचिव गोविन्द घिमिरेका अनुसार भारतको मौसमसँग मिल्नेगरी टोलीलाई बिगत एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको हो ।

    भारतको बिहारस्थित राजगीर रङ्गशालामा हुने प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार