काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ। बजार उच्च अङ्कले ओरालो लागेसँगै नेप्से परिसूचक २९०० विन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक ८ कारोबार दिनपछि २९०० विन्दुभन्दा तल झरेको हो ।
आइतबार नेप्से परिसूचक ६३.७३ अङ्क घटेर २८५८.९० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.३७ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ४.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अङ्क घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १५ अर्ब ९८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ३१९ स्टकको १ लाख ५२ हजार ५१८ पटकको कारोबारमा १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँबराबरको ३ करोड २२ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य साढे ४ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । सान्भि इनर्जीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आइतबार नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको साढे ७१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको करिब ५९ करोडको सेयर कारोबार भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend