काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध जनसंगठनहरूलाई पार्टीका नीति र निर्णयअनुसार सञ्चालन हुन निर्देशन दिएका छन् ।
बालुवाटारमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति भन्दा पार्टीको संस्थागत निर्णयलाई आधार मान्न आग्रहसमेत गरे । उनले भने, ‘कुन व्यक्तिले के भन्छ भन्ने होइन, पार्टीले के निर्णय गर्छ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ ।’
एमालेका २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी विधान, विधि र अनुशासनअनुसार सबै संगठन चल्नुपर्नेमा जोड दिए । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट विधान महाधिवेशनसम्बन्धी गरिएका निर्णयबारे स्पष्टता प्रदान गर्न बैठक आयोजना गरिएको बताइएको छ ।
बैठकमा सहभागी जनसंगठनका अध्यक्ष र महासचिवहरूले व्यक्तिगत आकांक्षाभन्दा पार्टी नीति नै सर्वोपरि हुने धारणा राख्दै सबै सदस्यलाई नीति अनुसार परिचालित गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, नीति विपरीत जाने प्रवृत्तिलाई सवक सिकाउने अठोट समेत व्यक्त गरिएको छ ।
बैठकमा आगामी भदौभित्र सबै जनसंगठनले आफ्ना कार्ययोजना तयार गरी पार्टी नेतृत्वमा पेस गर्ने निर्णयसमेत भएको छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend