काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (साउन १८ गते) पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित मुख्यमन्त्री लामा आज पदबाट हट्ने भएका हुन्।
संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि दलभित्र र बाहिर दुवैतर्फको दबाबबीच पार्टीका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णयमा पुगेका हुन्।
शनिबार सभापति देउवाले निवासमा भएको छलफल पश्चात लामा पदबाट राजीनामा दिन तयार भएका थिए । त्यस क्रममा लामाले राखेका २ सर्त मान्न देउवाले बानियाँलाई पनि निर्देशन दिएको र उनी त्यसमा सहमत भएको छलफलमा सहभागी कांग्रेस प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए।
लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने र नयाँ सरकार सञ्चालनमा आफ्नो पक्षसँग सहकार्य गर्नुपर्ने सर्त राखेका छन्। त्यसमा बानियाँ राजी भएपछि लामा राजीनामा दिन तयार भएको चित्रकारको भनाइ छ।
बिबादका बीच मुख्यमन्त्री लामाले साउन १४ गते प्रमुख सचेतक गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री पदमा नियुक्ति दिएका छन्।
लामाले राजीनामा दिएसँगै कांग्रेस संसदीय दलका नव निर्वाचित नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ। उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुनेछन्।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend