मिलन चक्रेको समूह
काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद प्राप्त भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार जिल्ला म्याद थप हुनेहरूमा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के।सी।, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।
अरूलाई भने हाजिरी जमानीमा छोडिएको हो। पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने वा नगर्ने भन्ने विषयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी टेक तामाङले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेशकुमार बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीसँग शुक्रबार छलफल गरेका थिए।
छलफलको क्रममा अनुसन्धानको लागि म्याद थप गर्ने निर्णय भएको थियो। केही दिनदेखि चक्रे मिलनको बर्थडे सेलिब्रेसनको नाममा आतंक फैलाएको भन्दै प्रहरीले सर्च अपरेशन चलाएको हो। बाटो छेकेर गाडीहरू चलाएको, होहल्ला गरेको, आतंकित बनाएको भन्दै प्रहरीले बिहीबार चक्रे मिलनको समूहलाई खोजी गरेको थियो।
महाराजगन्जको साम्बाला होटलमा बर्थ-डे सेलिब्रेसन गरिरहेको थाहा पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली राति साढे ११ बजे त्यहाँ पुगेको थियो। त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगन्जको टोली पुगेर होटलबाट ४७ जनालाई नियन्त्रणमा लिएको थियो।
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend