Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति


    शुक्रबार, साउन १६ २०८२
    910
    Shares
    मिलन चक्रेको समूह
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद प्राप्त भएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार जिल्ला म्याद थप हुनेहरूमा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के।सी।, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।

    अरूलाई भने हाजिरी जमानीमा छोडिएको हो। पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने वा नगर्ने भन्ने विषयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी टेक तामाङले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेशकुमार बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीसँग शुक्रबार छलफल गरेका थिए।

    छलफलको क्रममा अनुसन्धानको लागि म्याद थप गर्ने निर्णय भएको थियो। केही दिनदेखि चक्रे मिलनको बर्थडे सेलिब्रेसनको नाममा आतंक फैलाएको भन्दै प्रहरीले सर्च अपरेशन चलाएको हो। बाटो छेकेर गाडीहरू चलाएको, होहल्ला गरेको, आतंकित बनाएको भन्दै प्रहरीले बिहीबार चक्रे मिलनको समूहलाई खोजी गरेको थियो।

    महाराजगन्जको साम्बाला होटलमा बर्थ-डे सेलिब्रेसन गरिरहेको थाहा पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली राति साढे ११ बजे त्यहाँ पुगेको थियो। त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगन्जको टोली पुगेर होटलबाट ४७ जनालाई नियन्त्रणमा लिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार