काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । बैठक केन्द्रीय कार्यालय परिसडाँडामा केहि बेरअघिबाट सुरु भएको हो ।
बैठकको प्रारम्भमा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा पेस गरेका छन् । जसमा पार्टी हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्नेछन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने गरी एजेण्डा छ ।
त्यस्तै समाजवादी मोर्चालाई थप विस्तार गर्ने, संगठन निर्माण, कार्यविभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेण्डा छ ।
ति एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय छुट्याइएको छ । उपमहासचिव हरिबोल गजुरेलका अनुसार छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँचवटा एजेण्डा तय गरेको थियो । पछिल्लो समय चर्किंदै गएको पार्टीभित्रको अन्तरविरोध हल गर्ने विषयमा विधि र प्रक्रियाबारे बढी छलफल केन्द्रित हुनसक्ने गजुरेलले बताए ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend