काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले आज सुर्खेतमा गरेको सम्बोधन चर्चामा छ । उनले सम्बोधनका क्रममा श्री ५ को सरकार भनेको भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएका छन् । बोली चिप्लिएर उनले श्री ५ को सरकार भनेका होलान् । तर त्यो भिडियो नेकपाकै प्रचण्ड माधव समूह समर्थक कार्यकर्ताले सामाजिक संजालमा भाइरल बनाएका छन् ।
ओलीले हिन्दू राज्य र राजा फर्काउनका लागि जनमत संग्रह गर्ने दिशामा मुलुकलाई लान खोजेको भन्ने आरोप लागिरहेको बेला मन्त्री थापाले श्री ५ को सरकार भन्ने शब्द उच्चारण गर्नुलाई बाघ कराउनु र बाख्रो हराउनुसँग तुलना गर्दै सामाजिक संजालमा टिकाटिप्पणी हुन थालेको छ ।
मन्त्री थापाले ओली नेतृत्वकै सरकारलाई श्री ५ को सरकार भनेका हुन् कि भावी दिनमा राजा नै ल्याउने उद्देश्य भएकाले उनको मुखबाट फुत्किएको हो त्यो भने उनले स्पष्ट पारेका छैनन् । यद्यपि ओलीको पछिल्ला दिनका गतिबिधिले ज्ञानेन्द्र शाहले ०६१ मा गरेजस्तै देखिएका छन् । शाह २०६१ म जसरी मन्दिर घुम्ने गरेका थिए, त्यही शैलीमा ओली मन्दिर धाउन थालेका छन् ।
ओलीलाई अब जनताको बल भन्दा पनि धर्मको नाममा राजनीति गर्ने रहर जागेको देखिएको छ । यसअघि कहिल्यै मठमन्दिरमा जाने र टीकाटालो नगर्ने ओलीले पशुपतिमा गएर पूजाआजा गर्ने र ३० करोड दिने घोषणा गरेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend