Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


    शुक्रबार, साउन १६ २०८२
    600
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

    बुधवार बसेको पदाधिकारी बैठकले स्थायी कमिटीमा छलफलका एजेन्डा तय गरेको थियो ।

    आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीति परिस्थितिबारे ब्रिफिङ गर्नेछन् । यस्तै पोखरामा आएर रोकिएको अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेछ ।

    यस्तैगरी, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार