काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। सोमबार साँझ निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल सस्तो भएको छ भने डिजल र मट्टितेलको मूल्य बढेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएर १५९ रुपैयाँ कायम गरिएको छ। तर, डिजल र मट्टितेलको मूल्य भने दुई रुपैयाँले बढाइएको छ, जसअनुसार अब दुवैको मूल्य प्रतिलिटर १५० रुपैयाँ हुनेछ।
यही मूल्य समायोजन आज राति १२ बजेदेखि लागू हुनेछ।
हवाई इन्धनको मूल्य पनि परिवर्तन गरिएको छ। आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर १२८ रुपैयाँ पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने इन्धनको मूल्य अमेरिकी डलर २१ ले वृद्धि गरी प्रति किलो लिटर १.०७७ डलर निर्धारण गरिएको छ।
निगमले नयाँ खरिद मूल्यको आधारमा मूल्य समायोजन गरिएको जनाएको छ। अहिलेको दरमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँभन्दा बढी घाटा रहेको निगमको भनाइ छ, भने डिजल र मट्टितेलमा केही नाफा देखिएको छ। मूल्य निर्धारणमा औसत खरिद मूल्य, भन्सार शुल्क, ढुवानी खर्च र अन्तर्राष्ट्रिय बजार दरलाई प्रमुख आधार बनाइएको हो।
एलपी ग्यासको मूल्य भने यसपटक परिवर्तन गरिएको छैन। एक सिलिन्डर ग्यासको मूल्य पहिलेझैं १८०० रुपैयाँमै स्थिर राखिएको छ।
पेट्रोल सस्तो हुँदा केही उपभोक्ता राहत महसुस गरिरहेका छन्। तर डिजल र मट्टितेल महँगिएपछि दैनिक उपभोग्य वस्तुको भाउ बढ्न सक्ने भन्दै चिन्ता पनि देखिएको छ। नयाँ मूल्य अनुसार देशभरका सबै डिपो र बिक्री केन्द्रबाट इन्धन वितरण गरिनेछ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend