भूमिब्यवस्था मन्त्री बलराम अधिकारीसँग भूमि आयोग जुम्लाको अध्यक्षको नियुक्ति लिंंदै सुरतबहादुर शाही
काठमाडौं । भूमि आयोग जुम्लाका अध्यक्ष सुरतबहादुर शाहीलाई बाल यौनशोषण मुद्दामा अदालतले दोषी ठहर गरेको छ । जिल्ला अदालत जुम्लाका न्यायाधीश आनन्द पन्तले शाहीलाई १७ बर्षीय बालिकालाई यौनशोषणमा १० हजार जरिवाना र ३ महिना कैदको संजाय हुने फैसला गरेको छ ।
गएको असार १८ गते जुम्ला जिल्ला अदालतले मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा १३१ बमोजिम जरिवाना र कैद संजाय सुनाएको छ । अदालतले पीडित पक्षलाई ४० हजार क्षतिपूर्ति भराउने आदेश दिएको छ । त्यस्तै शाहीबाट ४ सय रुपैयाँ पीडित राहत कोषमा पनि जम्मा गर्न आदेश दिएको छ ।
यौनशोषणमा परेकी पीडित बालिका १७ वर्ष ७ महिना उमेरकी अध्ययनरत विद्यार्थी हुन् । प्रतिवादी शाही ४४ वर्ष उमेरको पारिवरिक रुपमा घरजम गरी रहेको नेकपा (एमाले)का नेता तथा भूमि आयोगका अध्यक्षसमेत हुन् । यौनशोषणमा परेकी बालिका नातामा एमाले नेता शाहीकी छोरी पर्छिन् ।
जिल्ला अदालत जुम्लाको आदेशमा उल्लेख छ–‘सचेत र प्रबुद्ध वर्गको व्यक्ति रहेको देखिएकाले प्रतिवादी शाही आरोपित कसूरमा इन्कार रही अदालतमा बयान गरे पनि अधिकारप्राप्त अधिकारी समक्ष पीडित र आफूबीच सामाजिक सञ्जाल म्यासेन्जरमा कुराकानी भएको पीडितले पेश गरेको स्क्रीन सट म्यासेज समेतलाई स्वीकार गरी बयान गरेको, प्रतिवादी उपर पीडितका बाबुले आफ्नो छोरीलाई बिभिन्न प्रलोभन देखाई स्तनको फोटो खिची आफ्नो म्यासेन्जरमा पठाइदिन र शारीरिक सम्बन्ध राख प्रस्ताव राखेको भनी कटानी जाहेरी दिई सो जाहेरी बेहोरालाई पुष्टी गरी अदालतमा समेत बकपत्र गरेको, पीडितले पनि मौकामा प्रतिवादी उपर किटानी गरी आफू उपर यौनदुव्र्यवहारको कार्य फोन र म्यासेन्जरमार्फत् गरेको भनी लेखाई दिएको, निजलाई अदालतमा बकपत्र गर्न बोलाउँदा उपस्थित नभएको देखिए पनि निज काठमाडौँमा अध्ययनरत रहेकाले भौगोलिक कारण तथा बिभिन्न प्रभावले उपस्थित हुन नसकेको तथ्यलाई मनन गर्नुपर्ने देखिएको, वादी पक्षका साक्षी दिलमाया शाहीले मौकामा गरेको कागज र बकपत्र समेतका तथ्य प्रमाणबाट अभियोग दावी बमोजिम प्रतिवादी सुरतबहादुर शाहीले पीडित बालिका उपर बालयौन दुव्र्यवहारको कसूर गरेको प्रमाणित हुन आएकाले निजले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा (३)(ग) बमोजिमको कसूर गरेको ठहर्छ ।’
शाही एमालेबाट दुईपटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका थिए । उनी ०७९ को स्थानीय निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षमा उठेर पराजित भएका थिए ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend