Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • यस्ता छन् माओवादी स्थायी कमिटी बैठकका लागि तय भएका एजेन्डा


    बुधबार, साउन १४ २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)को १६ गतेदेखि बस्ने स्थायी समिति बैठकका एजेन्डा तय भएका छन्। आज (बुधबार) पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठकका एजेन्डा तय गरेको हो।

    सचिव दीनानाथ शर्माकाअनुसार स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा रिर्पोटिङ गर्नेछन्।

    त्यस्तै समाजवादी मोर्चाको कामकारबाही र विस्तारबारे पनि बैठकमा छलफल हुनेछ। पार्टीभित्रको मतभेद व्यवस्थापन र नेताहरुबीचको एकता सुदृढीकरण गर्ने विषयलाई पनि बैठकको एजेन्डा बनाइएको छ।

    त्यस्तै माओवादी केन्द्रसँग एकतामा आएकाहरुको कार्यविभाजन गर्नेबारे पनि बैठकमा निर्णय हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार