काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला मध्य बानेश्वरमा जारी छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि राष्ट्रिय भेला बोलाइएको हो । भेलामा रञ्जिता भने उपस्थित छैनिन् ।
रञ्जितलाई अनुशासन समितिले गरेको कारबाहीलाई राष्ट्रिय भेलाबाट अनुमोदन गराउने तयारी छ ।
राष्ट्रिय भेलामा रञ्जितालाई गरिएको अनुशासनको कारबाही र पदीय जिम्मेवारी तोक्ने लगायत एजेण्डा छन् । बैठकमा केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद लगायत सहभागी छन् ।
घुसकाण्डमा मुछिएपछि रञ्जिताले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । तर त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।
रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले निर्वाचन आयोगलाई दिएको छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend