Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • बागमतीमा एमाले संसदीय दलको बैठक बस्दै


    बुधबार, साउन १४ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज (बुधबार) बस्दैछ ।

    बागमती प्रदेशको समसामयिक राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल गर्न दलको बैठक बस्न लागेको प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।

    बैठकका एजेन्डाबारे आधिकारिक रुपमा केही उल्लेख नभए पनि प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना र एमालेको भूमिका सम्बन्धमा कुराकानी हुने आकलन गरिएको छ ।

    बागमतीमा मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमायपछि आज नेता चयन गर्न चुनाव हुँदैछ । नयाँ नेतालाई मुख्यमन्त्री बनाउने कसरतमा कांग्रेस छ ।

    सत्ताको नेतृत्व गरेको दलको आन्तरिक कलहरले सरकारमा पारेको प्रभावकाबारेमा पनि एमाले बैठकमा छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार