Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सबै कामको दोष नेताको टाउकोमा थुपार्न पाइँदैनः देउवा


    मंगलबार, साउन १३ २०८२
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

    उनले नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिएको र त्यसबापत् धेरै गाली खानुपरेको स्मरण गरे। उनले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताए।

    व्यापारी, उद्योगीहरू मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गरे। सभापति देउवाले व्यापार र उद्योग सञ्चालन सरकारले नगर्ने पनि बताए। उनले आफूले गर्न नसकेको कामको दोष सरकारलाई लगाउनु नहुने पनि बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार