काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै छन् । आज(मंगलबार) बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरिरहेका गभर्नर पौडेलले बुधबार अध्यक्षसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
मौद्रिक नीतिले गरेको नीतिगत व्यवस्था, बैंक तथा वित्तीय संस्थासम्बन्धी संशोधन विधेयक र दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति गरी तीन वटा एजेन्डासहित छलफल डाकिएको छ । वित्तीय क्षेत्रको पछिल्लो अवस्था, कर्जा प्रवाह र असुली, मौद्रिक नीतिमार्फत गरिएका नयाँ व्यवस्थालगायत विषयमा छलफल गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
नयाँ गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमार्फत ब्याजदर बढ्न नदिने, बैंकहरूको कर्जा प्रवाह क्षमता बढ्ने, परिस्थितिजन्य कारण समस्यामा परेका ऋणीलाई कर्जाको पुनर्तालिकीकरण र पुनस्संरचनालगायत सुविधा दिएको छ ।
यस्तै, घरजग्गा र सेयर बजारका लागि पनि निकै लचिलो नीति राष्ट्र बैंकले अवलम्बन गरेको छ ।
उल्लिखित व्यवस्था कार्यान्वयनको अवस्था, कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक अप्ठेरालगायत विषयमा बैंकहरुका अध्यक्ष र सीईओहरुसँग छलफल गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend