Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३०.४९ अंकले बढेर ३ हजार विन्दुमाथि पुग्यो नेप्से परिसूचक


    मंगलबार, साउन १३ २०८२
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन सोमबार एकल अंकले बढेको नेप्से परिसूचक आज ३०.४९ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेको छ।

    नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। यसदिन ३२१ स्क्रिप्सको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भए। सोमबार १९ अर्ब माथिको सेयर कारोबार भएको थियो।

    यसदिन चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मुक्तिनाथ कृषि कम्पनी,ट्रेड टावर,सान्भी इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    नेपाल वयरहाउजिङको सेयर ८.०६ प्रतिशतले बढ्यो। यसदिन समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ८.६० प्रतिशतले घट्यो। ६४ करोडको सेयर कारोबार गरी हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो।

    यसैगरी ग्रीन भेन्चर्सले ६३ करोडको सेयर कारोबार गर्दा नेपाल रिइन्स्योरेन्सको ५६ करोड,हिमालयन रिइन्स्योरेन्सको ५२ करोड र राधी विद्युतको ४९ करोड बराबरको सेयर कारोबार भयो।

    कारोबारमा आएकामध्ये १७६ वटा स्टक्सको मूल्य बढ्दा ७४ वटाको घट्यो। १० वटा समूहको उपसूचक बढ्दा तीनवटाको घट्यो। अर्दश समूहको उपसूचक सर्वाधिक २.५८ प्रतिशतले बढ्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार