काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन सोमबार एकल अंकले बढेको नेप्से परिसूचक आज ३०.४९ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेको छ।
नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। यसदिन ३२१ स्क्रिप्सको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भए। सोमबार १९ अर्ब माथिको सेयर कारोबार भएको थियो।
यसदिन चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मुक्तिनाथ कृषि कम्पनी,ट्रेड टावर,सान्भी इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
नेपाल वयरहाउजिङको सेयर ८.०६ प्रतिशतले बढ्यो। यसदिन समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ८.६० प्रतिशतले घट्यो। ६४ करोडको सेयर कारोबार गरी हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो।
यसैगरी ग्रीन भेन्चर्सले ६३ करोडको सेयर कारोबार गर्दा नेपाल रिइन्स्योरेन्सको ५६ करोड,हिमालयन रिइन्स्योरेन्सको ५२ करोड र राधी विद्युतको ४९ करोड बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १७६ वटा स्टक्सको मूल्य बढ्दा ७४ वटाको घट्यो। १० वटा समूहको उपसूचक बढ्दा तीनवटाको घट्यो। अर्दश समूहको उपसूचक सर्वाधिक २.५८ प्रतिशतले बढ्यो।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend