Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • समाजवादी मोर्चाको बैठक बस्दै, के छन् एजेन्डा ?


    मंगलबार, साउन १३ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवाद मोर्चाको बैठक बस्दैछ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे मोर्चाको बैठक बस्न लागेको हो ।

    समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार मोर्चाको बैठकमा समसामयिक राजनीति र मोर्चाको गतिविधिका विषयमा छलफल हुनेछ । साथै यसअघि मोर्चाले तय गरेका अवधारणाका विषयमा छलफल हुनेछ ।

    त्यसैगरी सरकार पछिल्ला गतिविधिबारे समीक्षा गर्दै साझा धारणा बनाउने तयारी मोर्चाको छ । नेकपा एसले भने यसअघि नै सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरिसकेको छ । नेकपा एसले केही दिनमै आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार