काठमाडौं । जनकपुरमा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
गएराति जनकपुर–४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको घरमा भाडामा बस्दै आएका धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १५ वर्षकी अञ्जलीकुमारी यादवको मृत्यु भएको हो ।
सोमबार राति करिब साढे ११ बजे धारिलो खुकुरी प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका दिनेश यादवकी छोरी अञ्जलीकुमारीको मृत्यु भएको मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिए ।
त्यस्तै खुकुरी प्रहारबाट अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । खुकुरी प्रहारबाट आशाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । घाइते दुबै जनाको जनकपुर प्रादेशिक अस्पतालमा उपचाार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि साह फरार छन् । उनी आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय काटिसकेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलवार भक्तपुरमा राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend