Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन्दरीजलको बाढीमा फसेका ५ जनाको नेपाली सेनाद्वारा उद्धार


    सोमबार, साउन १२ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाले सुन्दरीजलमा बाढीले फसेका पाँच जनाको सकुशल उद्धार गरेको छ ।

    गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजलको सुन्दरीमाई मन्दिर नजिकको खोलामा नुहाउने क्रममा बाढीले फसेका पाँच जनालाई सकुशल उद्धार गरेको हो ।

    बिहान करिब २:३० बजे एकासी खोलाको बहाव अचानक बढेपछि खोलाकोबीच भागमा ४ जना भारतीय नागरिक र १ जना नेपाली फसेका थिए। सूचना प्राप्त भएपछि श्री चन्दननाथ गणबाट खटिएको नेपाली सेना टोलीले अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरेको हो।

    उद्धार गरिएका सबै व्यक्तिहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार