Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोसाइँकुण्डमा नुहाउने क्रममा २ जना बेपत्ता


    सोमबार, साउन १२ २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रसुवा । गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।

    गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार