काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीहरुको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नु पर्नेमा जोड दिए ।
काठमाडौंमा सम्पन्न लोकतान्त्रीक आदिवासी जनजाती महासंघद्धारा आयोजित जातीय घटक संघहरुको बिस्तारित बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै महासचिव पोखरेलले यस्तो कुरामा जोड दिएका हुन्।
हरेक आदिवासी समुदायहरुको परम्परागत सामाजिक, आर्थिक प्रर्णाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रर्णालीलाई आधार मानेर तिनै तहका सरकारले आर्थिक समृद्धीको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनु पर्नेमा पोखरेलले जोड दिए ।
‘आदिवासी जनजातीको विकास भन्दै आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल हामीले कार्यान्वयनमा ल्याउने गरेका छौं । त्यसले कार्यक्रम रहुञ्जेल केहि सफल जस्तो देखिएपनि त्यसको स्थायित्व हुने देखिएन’, महासचिव पोखरेलले भने, ञप्रत्येक समुदायले लामो समयदेखि अंगिकार गरेको परम्परागत प्रर्णालीलाई आधुनिक विकाससँग अन्तरसम्बन्धित गराएर सबै तहका सरकारले आप्mना नीति तथा कार्यक्रम निर्माण गर्ने हो भने वास्तवमा आदिवासी जनजातीको आर्थिक समृद्धि टाढा छैन् ।’
हरेक समुदायको सामाजिक विकासलाई भाषा, संस्कृती र सामाजिकताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै महासचिव पोखरेलले हामीले गर्ने आधुनिक विकासले तिनै चिजलाई एकै साथ अघि बढाउन नसकेकै कारण हाम्रो विकासको मोडेल अपेक्षित प्रभावकारी हुन नसकेको दावी गरे ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend