Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला


    आइतबार, साउन ११ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्वाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन्। पोखराको जग्गाको घुस डिल प्रकरणमा मुछिएकी श्रेष्ठले बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन्।

    ‘मैले काबा दिएको छु। कुरा यही हो,’ उनले भनिन्। अध्यक्ष रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा जोडिएकी छन्। उनी केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वर परीक्षणका लागि पुगेकी थिइन्।

    सार्वजनिक अडियोमा रञ्जिताले घुस माग्दै गरेको सुन्न सकिन्छ। नाउपाको विधानले अध्यक्षले कार्यवाहक तोक्न मिल्ने अधिकार दिएकोले सोहीअनुसार बास्तोलाई जिम्मा दिएको उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार