Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु


    आइतबार, साउन ११ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली । उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ठुलो दुर्घटना भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको खबर आएको छ । धेरै जना गम्भीर घाइते भएको बताइएको छ ।

    घटनास्थलमा राहत र उद्धार कार्य भइरहेको छ । दुर्घटनापछि प्रहरी र प्रशासनको टोलीले तुरुन्तै घाइतेहरूलाई अस्पताल लैजान थालेको छ ।

    प्रारम्भिक जानकारीअनुसार उच्च भोल्टेज लाइनको तार भाँचिएर मन्दिरको बाटोमा खसेपछि भागदौड मच्चिएको थियो । त्यसबेला दर्शनका लागि ठुलो सङ्ख्यामा भक्तजनहरू मन्दिर पुगेका थिए ।

    तार भाँचिएपछि अचानक उत्पन्न त्रासका कारण स्थिति नियन्त्रण बाहिर गएको बताइएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफ्नो एक्स अकाउन्टमा भागदौडको बारेमा जानकारी दिएका छन् ।

    धामीले यस घटनाप्रति शोक व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार