Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिक्तेलका नगरप्रमुख भट्टराईले कपाल मुण्डन गरी माइतीघरमा सुरु गरे सत्याग्रह


    आइतबार, साउन ११ २०८२
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन्

    सिंहदरबारको दक्षिण गेट अगाडि केश मुण्डन गर्ने भनी पुगेका उनलाई निषेधित क्षेत्र भनी प्रहरीले नियन्त्रण लिएर माइतीघरमा ल्याइ छाडिदिएको थियो ।

    उनी अहिले माइतीघर मण्डला पुगी सत्याग्रह सुरु गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार