Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


    शुक्रबार, साउन ९ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

    शुक्रवार कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता लामाविरुद्ध २१ जना कांग्रेस संसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

    बागमतीमा कांग्रेसका ३७ सांसद रहेका छन्। जसमध्ये २१ जना सांसदहरूको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई अविश्वास प्रस्ताव बुझाएका हुन्।

    १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लामासँग ५ मतले पराजित भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार