Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कुलिङ अफ पिरियड छानबिन गर्ने संसदीय समितिको म्याद ७ दिन थपिने


    शुक्रबार, साउन ९ २०८२
    770
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि गठित संसदीय विशेष समितिको म्याद सात दिन थप हुने भएको छ ।

    प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले समितिको म्याद सात दिन थप्नका लागि प्रस्ताव गर्नेछन् । आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा म्याद थप गर्ने प्रस्ताव राखिएको छ ।

    समितिलाई छानबिन गरी प्रतिबेदन बुझाउन २१ दिनको समय दिइएको थियो । त्यो समय साउन ११ गते आइतबार सकिँदैछ ।समितिले थप समय मागेकाले ७ दिन म्याद थप गर्न लागिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

    समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्था विधेयकमा गरेको थियो। तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निस्क्रिय हुने अर्को प्रावधान रहेको फेला परेपछि समिति बनाइएको थियो ।

    यसबारे समितिमा हंगामा मच्चिएपछि समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेपछि कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा समिति बनाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार