काठमाडौँ । लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई(मधेशका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन् । खेतबारीमा रोपाइँ ठप्प भएको छ भने खानेपानी समेत अभाव हुन थालेपछि जनजीवन कष्टकर बनेको छ ।
यसै सन्दर्भमा प्रदेश सरकारद्वारा मधेशलाई ‘सुखा क्षेत्र’ घोषणा गरिएको छ । यता संघीय सरकारले पनि मधेश प्रदेशका सबै जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरिसकेको ।
पूर्व उपप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो फेसबुकमार्फत खडेरीबाट प्रभावित जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘खडेरीको कारण रोपाइँ मात्र होइन, खानेपानी समेत समस्या भएको छ। तर अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्काल राहत प्याकेज घोषणा गरियोस् ।’
श्रेष्ठले संघीय र प्रदेश दुवै सरकारलाई संकटको समयमा जिम्मेवारीपूर्वक कार्य गर्न आह्वान गरेका छन् ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend