काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको मुद्दा या आरोपबारे जवाफ दिनुपर्ने बताएका छन् । साथै उनले महासचिवले बोलाएको बैठकबारे आफूले नबोलाएको भनेर अध्यक्षले भन्न नमिल्ने प्रस्ट पारेका छन् ।
संसदीय दलका नेतासमेत रहेका गङ्गाराम चौधरीले साउन ९ र १० गते केन्द्रीय समिति बैठक बोलाएका थिए । तर उक्त बैठकलाई रञ्जिताले आधिकारिक नभएको बताएकी थिइन् ।
बिहीबार साँझ भिडियो सन्देश जारी गर्दै चौधरीले आफूले नै नागरिक उन्मुक्ति पार्टी गठन गरेको तर यसलाई पटक पटक काटेर ठुटो बनाउने प्रयास गरेकोमा गुनासो गरेका छन् ।
उनले आफूलाई पार्टीको संरक्षकमा ल्याएर थन्क्याइएको र भूमिकाविहीन जस्तै बनाएर आफूमाथिमात्र एकोहोरो प्रहार भइरहेको गुनासो गरेका छन् ।
उनले अध्यक्ष श्रेष्ठले मैले बैठक बोलाएको होइन भनेर पन्छिन नपाउने पनि बताएका छन् । ‘प्रतिशोधको भावना राख्नु गलत हो । आउनुपर्छ जवाफ दिनुपर्छ । मुद्दा लाग्यो खै जवाफ ? खै भन्नुभएको ?, पार्टीलाई बन्धक वा निरङ्कुश बनाउन पाइँदैन, निकास तपाईँले नै दिनुपर्छ’, चौधरीको भनाइ छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend