Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा करेन्ट लागेर बर्षमा २७ जनाको मृत्यु, सावधानी अपनाउन आग्रह


    शुक्रबार, साउन ९ २०८२
    790
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रौतहत । रौतहट जिल्लामा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहतले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

    प्रहरीका अनुसार गत साउन देखी हिजो हालसम्म जिल्लामा करेन्ट लागेर २७ जनाको ज्यान गएको छ । गत आर्थीक बर्षमा २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको सुरूवातसँगै हालसम्म करेन्ट लागेर ४ जनाले ज्यान गुमाइ सकेका छन्।

    घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरी कार्यालयले विभिन्न सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ। जिल्ला कार्यालयद्वारा जारी विज्ञप्तिमा खाली खुट्टा वा पानी जमेको स्थानमा बिजुलीका काम नगर्न, मर्मत कार्यको लागि प्रमाणित प्राविधिकको मात्र सहारा लिन र झुल्ने तार वा असुरक्षित तारको प्रयोग नगर्न आग्रह गरिएको छ।

    बालबालिकालाई विशेष ध्यान दिनु पर्ने उल्लेख गर्दै साना बालबालिकाले सजिलै छुन सक्ने स्थानमा विद्युतीय सामग्री नराख्न र घरभित्र तार नझुण्ड्याउने अभ्यास गर्न सुझाव दिइएको छ।

    त्यस्तै, खेतमा सिँचाई गर्न सिँचाई मिटर प्रयोग गर्न, रातको समयमा बिजुलीको काम नगर्न र पोलबाट ‘हुकिङ’ प्रणालीमार्फत विद्युत चोरी नगर्न पनि चेतावनी दिइएको छ।

    प्रहरीले सामान्य काम गर्दा समेत हल्का हुन सक्ने वा खुला लाग्ने स्थानमा तार वा स्वीच नराख्न अनुरोध गर्दै नागरिकको सुरक्षाका लागि जनचेतना आवश्यक भएको जनाएको छ।

    सुरक्षा सम्बन्धी कुनै जानकारी वा समस्या परेमा प्रहरी कन्ट्रोल १०० वा ९८५५०४०९९९ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार