काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ५ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको थियो। सो दिन १९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।
यसदिन ३२८ स्क्रिप्सको ३ करोड ८९ लाख २ हजार ५०८ कित्ता सेयर १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले बढेपनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। ग्रीन भेन्चर्स, ट्रेड टावर र सान्भी इनर्जीको सेयर १० प्रतिशतले बढ्यो। हिमालयन हाइड्रोपावरको सेयर ८.४१ प्रतिशतले बढ्यो।
७७ करोड बढीको सेयर कारोबार गरी राधी विद्युत शीर्षस्थानमा रह्यो। नगदी ग्रुपले ७१ करोडको सेयर कारोबार गर्दा ग्रीन भेन्चर्सको ६६ करोड,लुम्बिनी विकास बैंकको ५४ करोड र हिमालयन रिइन्स्योरेन्सको ५१ करोडको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १२३ वटा स्टक्सको मूल्य बढ्दा १२७ वटाको घट्यो। सात समूहको उपसूचक बढ्दा अन्यको घट्यो। हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक २ प्रतिशतले बढयो ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend