काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तनाव सिर्जना भएको छ । सीमा क्षेत्रमा बिहीबार बिहान दुई देशका सेनाबीच गोली हानाहान भएपछि दुवै देशले एकअर्कामाथि हवाई आक्रमण थालेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
दुवै देशले एकले अर्कोलाई हमलाको सुरूवात गरेको आरोप लगाएको छ । बीबीसीका अनुसार सीमा क्षेत्रमा तनावपछि कम्बोडियाले थाइल्याण्डमा र्दुइटा रकेटले हमला गरेको छ । त्यसपछि थाइल्याण्डले एफ–१६ लडाकू विमानले कम्बोडियाको सैन्य अड्डामा बम खसालेको समाचारमा जनाइएको छ ।
रकेट हमलाबाट थाइल्याण्डमा कम्तिमा दुई जना मानिसहरूको मृत्यु भएको भनिएको छ । तनावपछि सुरिन प्रान्तको काब चोइङ गाउँमा ३० देखि ४० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
त्यस्तै थाइल्याण्डले सीमाक्षेत्रमा विद्यालय बन्द गरेको छ । थाइल्याण्डले कम्बोडियासँगको सबै सिमाना बन्द गरेको छ । दुवै देशले एक अर्कासँगको कुटनीतिक सम्बन्ध घटाएको बताइएको छ ।
तनावपछि थाइल्याण्डले कम्बोडियाको सैन्य अखडाहरूमा लक्ष्य गरेर हमला गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सैन्य क्षमताका आधारमा थाइल्याण्ड कम्बोडियाभन्दा तीनगुणा शक्तिशाली रहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend