काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र जथाभावी बोल्ने र अनुशासन तोड्नेको प्रतिवाद गर्नुपर्ने बताएका छन् । ४७औं पुष्पलाल स्मृति दिवसको अवसरमा आज (बुधवार) कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी पक्षपोषण गर्नुको सट्टा निराशा फैलाउने र अनुशासन तोड्न खोजिएकाले त्यसको प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले भने, ‘पार्टीको पक्षपोषण गर्ने हो, पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्छ । पार्टीलाई अनुशासनमा अघि बढाउन सके त्यसले जनतामा आशा जगाउँछ । ’ उनले आन्तरिक कुराहरू पार्टीभित्रै मिलाउनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘आन्तरिक कुरा पार्टीभित्र गर्ने हो । जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्त भन्दा अर्को वैज्ञानिक र क्रान्तिकारी व्यवहारिक सिद्धान्त आएको छैन ।’ पार्टीमाथि चुनौती आएको भनेर निराश हुन आवश्यक नरेहको पनि उनले बताए ।
‘सबै किसिमको चुनौतिको सामना गर्ने वैचारिक संघर्षसित जोडिएको कुरा होस्, संगठनात्मक निर्माणसँग जोडिएको होस्, आन्दोलनको मोर्चामा उत्रिनुपर्ने कुरा होस्’ उनले भने, ‘जस्तोसुकै चुनौतिको पनि सामना गर्ने यदी आँट, साामथ्र्य छ भने र त्यही उद्देश्यअनुरुप अघि बढिरहिन्छ भने सही विचार पनि प्राप्त गर्न सकिन्छ । संगठनालाई उचाईमा पु¥याउन सकिन्छ ।’
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend