Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    मंगलबार, साउन ६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ ।

    संघीय संसद भवन, नयाँबानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेबाट सुरू हुनेछ ।

    आजको बैठकमा भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालय र गृहमन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवति न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा बिधेयक, २०८० लाई  दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने गृहमन्त्री रमेश लेखलले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त ‘‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार