Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड–नेपाल समूहकाे निर्वाचन आयोगलाई जवाफ, माघ १८ अघि छलफलमा सहभागी हुन सक्दैनौं


    शुक्रबार, माघ १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुन नसक्ने जानकारी गराएको छ ।

    आयोगले बिहीबार निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगमा बोलाएको थियो । तर प्रचण्ड-नेपाल समूहले माघ १८ गतेभन्दा अगाडि छलफलमा सहभागी हुन सक्ने जनाएकाे छ। 

    आयोगले नेकपाका दुवै पक्ष अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर पाँचपाँच जना प्रतिनिधि पठाउन आग्रह गरेको थियो ।

    आयोगको यो आग्रहपछि शुक्रबार प्रचण्ड–नेपाल समूहका नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएको र उहाँहरु आफै आयोगमा आउन चाहेकाले माघ १८ पछि आयोगले बोलाएमा उपस्थित हुने जानकारीपत्र बुझाएका छन् ।

    prachanda - nepal.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार