Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • पुस्तकालय बनाउन ६० लाख दिन्छु भनेका साथी फर्किएनन्: गगन थापा


    सोमबार, साउन ५ २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पुस्तकालय बनाउन ६० लाख दिन्छु भनेर हिम्मत दिएका साथी नै हराएको गुनासो गरेका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘त्यो ६० लाख दिन्छु भनेर त्यो साथीले नभनेको भए मैले लाइब्रेरी बनाउँछु भन्ने सोचेर त्यो प्रस्ताव सभापतिकोमा लैजानै सक्दैन थिएँ,’ उनले भने, ‘६० लाख दिन्छु भनेर मेरो हिम्मत बढाउनुभयो । तर, त्यो दिनदेखि फर्केरै आउनु भएन ।’ तर, उनले ती साथीको नाम भने खुलाएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार