Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साढे ६ करोड ठगीको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ


    सोमबार, साउन ५ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नरेन्द्रप्रसाद साहको जाहेरीअनुसार ६ करोड ४० लाख रुपैयाँ ठगी गरी फरार रहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए ।

    उनीविरुद्ध जोहरी दर्ता भएपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । तर, पक्राउ पर्ने डरले लुक्दै हिँडेका उनी सोमबार जिल्ला प्रहरी परिसर, भद्रकालीबाट खटिएका प्रहरीको फन्दामा परेका हुन् ।

    उनका विरुद्ध आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलाइने एसपी बोहोराले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार