Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • हरिवनका इन्स्पेक्टर तामाङ हेडक्वाटर तानिए, चन्द्र अधिकारी नयाँ प्रमुख


    सोमबार, साउन ५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सर्लाही । इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङलाई प्रहरी प्रधान कार्यालय काठमाडौंमा तानिएको छ ।

    तामाङका बारेमा विभिन्न गुनासो तथा उजुरी परेपछि उनलाई हेडक्वाटरले झिकाएको प्रहरी स्रोतले जनाएको छ ।

    तामाङले २०८१ साल भदौ महिनादेखि इलाका प्रहरी कार्यालय हरिवनको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    यसैबीच, हेडक्वाटरले इलाका प्रहरी कार्यालय हरिवनको प्रमुखमा प्रहरी वृत्त बौद्धबाट इन्स्पेक्टर चन्द्र अधिकारीलाई काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालयको स्रोतका अनुसार अधिकारी सोमबार नै हरिवन पुग्ने तयारीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार