Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • मोहन बैद्यको स्वास्थ्यस्थिति बुझ्न टोखा पुगे प्रचण्ड


    आइतबार, साउन ४ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यस्थिति बुझ्न टोखा पुगेका छन् ।

    निकै समयदेखि दमको विमारले थलिएका आफ्ना ‘राजनीतिक गुरू’ समेत रहेका बैद्यको स्वास्थ्य अवस्था बुझ्न आज उनी टोखास्थित निवासमा पुगेका हुन् ।

    प्रचण्डले आज नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ लाई उनको निवास टोखा पुगी स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका हुन् ।

    सो क्रममा बैधको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको प्रति खुशी व्यक्त गर्दै पूर्ण स्वास्थ्य लाभको कामनासमेत गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार