Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीमा तस्करी काण्ड : हिरापुर ब्यारेजका सम्पूर्ण प्रहरी फेर्ने निर्णय, सई दास र जवान यादव निलम्बन


    शनिबार, साउन ३ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । तस्करीमा संलग्न भएको आरोप लागेपछि सर्लाहीको बरहथवा नगरपालिका–११ स्थित ईलाका प्रहरी कार्यालय हिरापुर ब्यारेजका सबै प्रहरीलाई फेर्ने निर्णय गरिएको छ ।

    गत शुक्रबार इन्चार्ज सई (प्रहरी नायब निरीक्षक) बैद्यनाथ दास र प्रहरी जवान सन्तोष यादवलाई निलम्बन गरिएको थियो । उनीहरूलाई तस्करसँग मिलेमतो गरी रकम मागेको आरोप लागेको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार विवादित प्रहरी टोलीलाई त्यहीँ राख्दा निष्पक्षता र विश्वासको संकट आउन सक्ने भएकाले सम्पूर्ण प्रहरी युनिट परिवर्तन गर्ने निर्णय गरिएको हो ।

    हाल हिरापुर प्रहरी चौकीको नेतृत्वका लागि नयाँ इन्चार्ज तोकिएको छैन । तर तत्कालका लागि बरहथवा ईलाका प्रहरी कार्यालयमा कार्यरत असई तुल्सी राउतलाई अस्थायी रूपमा पठाइएको डिएसपी राईले बताए ।

    यसअघि उक्त चौकीमा एक जना सई, एक जना वरिष्ठ हवल्दार, चार जना हवल्दार, एक जना वरिष्ठ जवान र तीन जना जवानसहित १० जना प्रहरी कार्यरत थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार